उदयपुर । उदयपुर कटारी नगरपालिका-४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ ।
चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारिएको थियो ।

टिपरका चालक सोम मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।