Lite Nepal

सोमबार, भाद्र ०८, २०८३

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

सोमबार बिहान अनुसन्धानका क्रममा सोधिएका कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन गर्दा बारा प्रहरीले आफ्नै मातहतका प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो। बारा जिल्लामै दरबन्दी भएका विकले उक्त भिडियो आफ्ना साथीलाई म्यासेन्जरमा पठाएको र त्यहीँबाट सामाजिक सञ्जालमा भाइरल भएको अनुसन्धानबाट खुलेको छ।

गोपनीयताको अधिकार हनन गरेको कसुरमा थप अनुसन्धानका लागि विकलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं