Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाडौं । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।

थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए । साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ ।

यता गृहमन्त्री सुधन गुरूङले भोटेकोशी नदीमा आएको बाढीको असर पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेंसी सडक, मुग्लिङ-नारायणगढ सडकमा पूर्ण रूपमा आवतजावत रोक लगाउन अनुरोध गरेका छन् ।

मन्त्री गुरूङले आपत्कालीन सार्वजनिक सूचना जारी गरेका छन् । उनले केही परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

यसैबिच सुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ ।

काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं