Lite Nepal

शनिबार, साउन १७, २०७७

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित छजना प्रहरी घाइते भएका हुन् ।

मिलनचोक क्षेत्रमा शव व्यवस्थापनका लागि एसपीसहितको टोली पुगेको र स्थानीयले विरोध गरेपछि कुरा मिलाउने प्रयास भइरहँदा ढुंगामुढा भएको थियो । स्थानीयले ढुंगामुढा गर्दा एसपी पन्त घाइते भएकी थिइन् ।

स्थिति सामान्य अवस्थामा ल्याउन हवाई फायर समेत गरिएको थियो । दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेपछि स्थिति केही नियन्त्रणमा आएको थियो ।

वीरगञ्जमा मृत्यु भएका तीनजनाको शव व्यवस्थापनको वातावरण बनाउने क्रममा आक्रमण भएको थियो । आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं