Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाडौं । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन ९आईसीई०ले जुलाईमा ४९ हजार ५७१ जनालाई पक्राउ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि एकै महिनामा गरिएको यो सबैभन्दा धेरै गिरफ्तारी हो।

आईसीईले क्यालिफोर्निया विश्वविद्यालय, बर्कली र लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयमा आधारित ‘डिपोर्टेसन डेटा प्रोजेक्ट’लाई उपलब्ध गराएको सरकारी तथ्यांकलाई एसोसिएटेड प्रेस ९एपी०ले विश्लेषण गरेको थियो। विश्लेषणअनुसार जुलाईमा भएको गिरफ्तारी जुनको तुलनामा करिब १५ प्रतिशत र फेब्रुअरीको तुलनामा करिब ७० प्रतिशत बढी हो।

ट्रम्प ह्वाइट हाउस फर्किनुअघि अर्थात् डिसेम्बर २०२४ मा आईसीईले मासिक रूपमा ८ हजारभन्दा केही बढीलाई पक्राउ गरेको थियो। त्यतिबेला अमेरिकाबाट डिपोर्ट गर्न सकियोस् भनेर पक्राउ पर्ने अधिकांश आप्रवासीलाई स्थानीय वा राज्यस्तरका जेलबाट आईसीईको जिम्मा लगाइएको थियो।

ट्रम्प दोस्रोपटक राष्ट्रपतिका रूपमा फर्किएपछि मासिक गिरफ्तारीको संख्या बढ्न थाल्यो। आईसीईका अधिकारीलाई कहाँ र कस्ता व्यक्तिलाई पक्राउ गर्न पाउने भन्नेमा रहेका सीमितता खुकुलो पारिएपछि गिरफ्तारी बढेको हो। डिसेम्बरसम्म आइपुग्दा मासिक गिरफ्तारी ४० हजार नाघेको थियो।

जनवरीमा मिनेसोटामा भएका दुई घातक गोलीकाण्डपछि प्रदर्शन र डेमोक्रेटिक सांसदहरूको तीव्र विरोध सुरु भएपछि फेब्रुअरीमा गिरफ्तारी संख्या घटेको थियो। त्यसपछि केही महिना खासै परिवर्तन नभएको संख्या जुनमा फेरि बढ्यो र जुलाईमा अझ तीव्र रूपमा उकालो लाग्यो।

जुलाईमा भएका गिरफ्तारीमध्ये झन्डै २० हजार टेक्सस र फ्लोरिडामा भएका थिए। यी दुवै राज्यले आईसीईसँग ‘२८७–जी’ सम्झौता गरेका छन्। यस्तो सम्झौताअन्तर्गत स्थानीय कानुन कार्यान्वयन निकायले अध्यागमनसम्बन्धी कारबाहीमा आईसीईको थप सहयोगी संयन्त्रका रूपमा काम गर्न सक्छन्।

आईसीईको गिरफ्तारी अभियान विस्तार हुनुको पछाडि कर्मचारी भर्ना अभियान पनि रहेको छ। गत वर्ष आईसीईले करिब १२ हजार नयाँ अधिकारी तथा एजेन्ट थपेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं