Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्को विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणको हवाई यातायात विभागले बुधबार विभिन्न सात वायुसेवा कम्पनीलाई पत्र पठाउँदै यात्रुको आवागमनमा सहजीकरण र राहत कार्यलाई प्रभावकारी बनाउन हाल कायम भाडादर नबढाउन भनेको हो।

प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई यस्तो निर्देशन दिएको छ।

नेपाल सरकारबाट स्वीकृत अधिकतम हवाई भाडादरभन्दा कम दरमा टिकट उपलब्ध गराउन तथा विद्यमान परिस्थितिलाई ध्यानमा राखेर हालको भाडादर वृद्धि नगर्न प्राधिकरणले आग्रह गरेको छ।

देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपद्का कारण सर्वसाधारणको आवागमन प्रभावित भएका बेला यात्रुको चापलाई आधार बनाएर भाडा नबढाउन प्राधिकरणले वायुसेवा कम्पनीहरूको ध्यानाकर्षण गराएको हो।

प्राधिकरणको हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै निर्देशनअनुसार हवाई टिकट उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं