Lite Nepal

बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका १२३ जनाको बुधबार बिहान हवाई उद्धार गरेको छ।

सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याउने तयारी भइरहेको सेनाले जनाएको छ।

त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा फसेकाहरूको उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी छ।

सरकारले बुधबार बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकामा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। जोखिममा परेका नागरिकको सहायताका लागि नेपाली सेनाले मंगलबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको थियो।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि महत्त्वपूर्ण सहयोग र सहकार्य गरिरहेका छन्। बुधबार बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गर्नुका साथै सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु गरिएको थियो। सेनाको टोलीले रातभर स्थलमार्गबाट समेत उद्धार कार्यलाई निरन्तरता दिएको थियो।

बुधबार बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी तथा नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई थप सक्रिय बनाएर फसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी तीव्र पारिएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत तथा उद्धार कार्यमा केन्द्रित गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं