काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।
बुधबार प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार घटेर प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।