काठमाडौँ । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको छ। रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि बैंकले बिहीबार उक्त रकम हस्तान्तरण गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहित उच्च अधिकारीहरूले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। अर्थमन्त्री वाग्लेले प्राप्त हुन थालेको सहयोग एकद्वार प्रणालीमार्फत बिहीबारदेखि ग्रहण गर्न थालेका छन्।
