काठमाडौँ। रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्न थालेको छ। यसैक्रममा गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग गरेको छ।
प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनासम्बन्धी कामलाई एकद्वार प्रणालीमार्फत अघि बढाउने उद्देश्यले कोषमा प्राप्त सहयोग रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुझिरहेका छन्। सोही क्रममा गोर्खा ब्रुअरीले उक्त रकम हस्तान्तरण गरेको हो।

ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई १० करोड रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन्।
प्राप्त सहयोग रकम रसुवा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिने जनाइएको छ।