Lite Nepal

शुक्रबार, भाद्र १२, २०८३

ताप्लेजुङ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै बेपत्ता छन् ।

रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा शुक्रबार बिहान ३ बजे परिवारको सम्पर्कमा आएका हुन् ।

उनीहरू सकुशल सम्पर्कमा आइसकेको आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिइन् ।

बाढीपछि सम्पर्कविहीन भएका अन्य दुई जना भने शुक्रबार बिहानसम्म पनि परिवारको सम्पर्कमा आउन सकेका छैनन् ।

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुका भीष्म चापागाईँ र फुङलिङ नगरपालिका–९, हाङदेवाका दुर्गा भट्टराई (दिवस) सम्पर्कविहीन रहेका हुन् ।

सम्पर्कविहीन रहेका दुवै जनाको खोजी तथा सम्पर्कको प्रयास भइरहेको परिवारजनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं