विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित रानी आँखा उपचार केन्द्रले आर्थिक सहयोग गरेको छ।
रानी आँखा अस्पताल प्रा.लि.द्वारा सञ्चालित रानी आँखा उपचार केन्द्रले २१ हजार १५१ रुपैयाँ सहयोग गरेको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको केन्द्रले जनाएको छ।

भोटेकोशी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीलगायतका जिल्लामा जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा व्यक्तिबाट सहयोग जुटिरहेको छ।