काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।