Lite Nepal

शुक्रबार, भाद्र १२, २०८३
फाइल फोटो

रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल पुनः फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेँसी आइपुगेको छ।

बाढीको असर त्रिशूली नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले मुग्लिनसम्मका त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम हुन सक्ने जनाएको छ।

चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेपछि ठूलो परिमाणमा पानी नेपालतर्फ बग्न थालेको हो। यसअघि प्रहरीले आपत्कालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो।  भदौ १० गते आएको भीषण बाढीपछि तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको ताल पुनः फुटेपछि पानीको ठूलो बहाव नेपालतर्फ आएको हो। यससँगै दोस्रो चरणको बाढीको जोखिम बढेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं