Lite Nepal

शुक्रबार, भाद्र १२, २०८३

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी छ। नेपाल प्रहरीको दिउँसो १२ बजेसम्मको अपडेट अनुसार हालसम्म २४३ जनाको शव फेला परेको छ भने १ हजार ३३३ जनाको घाइते तथा उद्धार गरिएको छ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये नवलपरासी पूर्वमा १११, गोरखामा ४४, नुवाकोटमा ३७, नवलपरासी पश्चिममा २८, धादिङमा १० र रसुवामा १३ जना रहेका छन्। यस्तै, घाइते तथा उद्धार गरिएकामध्ये रसुवामा ५०२, नुवाकोटमा ८२८ र धादिङमा ३ जना रहेको प्रहरीको विवरणमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं