Lite Nepal

शुक्रबार, भाद्र १२, २०८३

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको जनाएको छ। शुक्रबार दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै नेपाल र चीनका सम्बन्धित अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फ रहेको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको छ। पहिरोले नदी थुनेपछि सीमा नदीसँगै पहिरोबाट बनेको ताल निर्माण भएको छ।’

उक्त तालमा पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति हुने जोखिम बढेको दूतावासले जनाएको छ। नेपाल र चीन दुवैका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले अहिलेको अवस्था अत्यन्त संवेदनशील रहेको दूतावासको भनाइ छ।

दूतावासले पहिरोबाट बनेको तालभन्दा तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तनलाई नजिकबाट निगरानी गर्न, उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यका लागि अग्रिम तयारी गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं