काठमाडौं । सरकारले विपदबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सरकारको उक्त निर्णयसम्बन्धी सूचना शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएको हो।

विपदबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।
घोषणामा समेटिएका जिल्ला र स्थानीय तहको विस्तृत विवरण राजपत्रमा उल्लेख गरिएको छ।

