Lite Nepal

शनिबार, भाद्र १३, २०८३

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीको विवरण अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरू प्रभावित भएका छन् ।

बागमती प्रदेशका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको उच्च जोखिमका कारण यातायात प्रभावित भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको त्रिशूली–मैुलुङ–स्याफ्रुबेसी सडक खण्ड र नुवाकोटका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् ।

विपी राजमार्ग (काभ्रे) र कान्ति लोकपथ (मकवानपुर) मा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । विपी राजमार्गमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म र कान्ति लोक पथमा साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ । नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थानहरू(ज्वाङखोला, गल्छी, बैरेनी आदि) मा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ अर्को वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण यातायात ठप्प भएको छ । त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा सडक खण्ड पनि रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वर्षाको समयमा यात्रा गर्दा थप जोखिम हुन सक्ने भएकाले लामो दूरीको यात्रामा निस्कनु अघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे बुझ्न र सावधानी अपनाउन नेपाल प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं