Lite Nepal

शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । रसुवाको भाटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला पारी तोडफोड गरी नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ ।​

भदौ १० गतेको बाढीले बगाएर ल्याएको सेफ त्रिशूली नदी किनारमा फेला परेको र स्थानीयले तोडेर भित्र रहेको नगद आफूखुसी निकालेर लगेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

भदौ १२ गते प्राप्त सूचनाका आधारमा तत्काल प्रहरी टोली परिचालन गरी छानबिन गर्दा २९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको छ।

बरामद रकमको स्रोत तथा घटनामा अन्य व्यक्ति पनि संलग्न भएरनभएको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-४ मासटार बस्ने २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर रानामगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिवबहादुर रानामगर, ४६ वर्षीय युवराज अधिकारी, ४७ वर्षीय सुशान्त श्रेष्ठ, ४६ वर्षीय सुचिमबहादुर राना मगर, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर र १९ वर्षीय अनिल भेटुवाल छन् ।

यसैगरी, ४९ वर्षीय रामशरण सुवेदी, ३८ वर्षीय मीनबहादुर रानामगर, ३२ वर्षीय देवन्द्र रानामगर, ३१ वर्षीय दीपक तामाङ, ३६ वर्षीय राजकुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पुलामी, ३० वर्षीय टेकबहादुर रानामगर, ३२ वर्षीय सन्तोष श्रेष्ठ, ३६ वर्षीय सानुभाइ श्रेष्ठ, ४९ वर्षीय सानु खतिव, चितवनको राप्ती नगरपालिका ६ घर भई हाल धादिङको गजुरी बस्ने २९ वर्षीय विचारी आलेमगर, ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आलेमगर र पर्साको बहुदरीमाई नगरपालिका-९ घर भई धादिङको गजुरी गाउँपालिका आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं