Lite Nepal

आइतबार, भाद्र १४, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत भेटिएका छन्। भदौ १० गते आएको बाढीमा परेका विष्टको शव त्रिशूली नदी किनारमा भेटिएको हो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पोस्टमार्टमपछि उनका परिवारले शव बुझेका छन्। ३४ वर्षीय विष्ट पाल्पाको तानसेन नगरपालिका–१० का स्थानीय हुन्।

गोरखामा भेटिएका ५८ वटा शवमध्ये अहिलेसम्म विष्टसहित तीनजनाको मात्र सनाखत भएको छ। इलामको सन्दकपुर गाउँपालिका–३ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय दीपक भन्ने दिवासनन्द सुवेदी र गोरखाको पालुङटार नगरपालिका–६ का यमबहादुर थापाको पनि पहिचान खुलेको छ।

उनीहरूको पनि पोखरामा पोस्टमार्टम गरेपछि शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

शव व्यवस्थापनका अन्य विकल्प नभएपछि प्रहरीले २९ वटा शव गोरखाको सहिद लखन गाउँपालिका–बुंकोट घाटमा गाडेर व्यवस्थापन गरेको छ। पहिचान भएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार शव माटोमुनि गाडेर व्यवस्थापन गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं