काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।