Lite Nepal

मंगलबार, भाद्र १६, २०८३
फाइल फोटो

झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट रु ६० हजार, गाउँपालिकाका कर्मचारीबाट रु सात लाख ३८ हजार ६७९ र शिक्षकबाट रु १५ लाख २९ हजार ४०९ सङ्कलन गरिने अध्यक्ष थपलियाले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं