Lite Nepal

मंगलबार, भाद्र १६, २०८३
फाइल फोटो

विराटनगर । रसुवामा आएको बाढीका कारण कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति हालसम्म सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इलामका १३, पाँचथरका एक, ताप्लेजुङका दुई, मोरङका १७, सुनसरीका १६, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका तीन, उदयपुरका १६, ओखलढुङ्गाका २५, खोटाङका १० र सोलुखुम्बुका ४२ जना सम्पर्कविहीन छन् ।

उनका अनुसार हालसम्म पाँच जनाको उद्धार गरिएको छ भने २७ जना सम्पर्कमा आएका छन् । एक जना उपचाररत छन् भने एक जनाको शव फेला परेको छ ।

सम्पर्कविहीन भएका नागरिक रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा रोजगारी, व्यापार–व्यवसाय, धार्मिक यात्रा तथा अन्य कामका सिलसिलामा रहेका बेला अचानक आएको बाढीको चपेटामा परेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं