विराटनगर । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ४५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी बिहीबार ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।