Lite Nepal

बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति संघर्ष चुलिएका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापन पक्षले अनुशासन समिति बैठक बोलाएको हो ।

अनुशासन समितिको बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ । समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएकोले समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने प्रयास गरेपछि उनीहरूलाई स्पष्टीकरण सोध्ने तयारीस्वरूप अनुशासन समिति बैठक बोलाइएको स्रोतले जनाएको छ । महाधिवेशनको प्रक्रिया, कार्यतालिका र मितिलाई लिएर कांग्रेसभित्र संस्थापन र देउवा पक्षबीच पछिल्लो समय विवाद बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं