Lite Nepal

बिहिबार, भाद्र १८, २०८३

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ जना पुरुष, १२६ जना महिला, ४४ जना बालिका र ३४ जना बालक छन्। त्यस्तै, ४२८ वटा आंशिक अंग फेला परेका छन् भने ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, बाटो खुलाउने र शव व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म ७८७ शवको व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसमेत भइरहेको छ। अहिलेसम्म १ हजार ८३ मृतकको डीएनए नमुना तथा ५९१ जना आफन्तको नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं