Lite Nepal

बिहिबार, भाद्र १८, २०८३

विराटनगर । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

जीवन विकासमा कार्यरत कर्मचारीहरूले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २५ लाख ५ हजार रुपैयाँ कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व अन्तरगत हामीले सहयोग गरेका हौं’ सिइओ मण्डलले भने,’हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित र प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’

संस्थाले गत भदौ १० गते आएको भीषण बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना समेत प्रकट गरेको छ ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले हाल कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं