Lite Nepal

बिहिबार, भाद्र १८, २०८३
फाइल फोटो

काठमाडौँ । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटान सुरु गरिएको छ।

बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ।

सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले प्रभावित क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ। सोसाइटीले बिहीबार बेलुकीसम्म सडक खुलाउने प्रक्रियासम्बन्धी नक्साङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।

सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने काम औपचारिक रूपमा सुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिइन्। हाल निर्माण व्यवसायी तथा प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउन आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं