काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा शहीद दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।