काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने भएका छन् ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार कार्यक्रमलगत्तै अध्यक्ष ओलीसहित पार्टीका नेताहरू नुवाकोटको विदुर लगायत बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।