Lite Nepal

शुक्रबार, भाद्र १९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन साहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन् ।

उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्, यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो ।’

प्रधानमन्त्री साहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं