Lite Nepal

शुक्रबार, भाद्र १९, २०८३
फाइल तस्बिर

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन् ।

पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । खेतीपाती तथा घाँसदाउरा गर्न वन तथा खेतबारीमा जाने स्थानीयलाई सर्पको डर बढेको उनले बताए ।

“विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ,” उनले भने, “अहिले हाम्रो गाउँघरमा पनि गोमन सर्प देखिन थालेको छ । यसले गाउँघरमा त्रास बढाएको छ ।” सर्पसम्बन्धी विशेषज्ञले यहाँ फेला परेको सर्प गोमन नै भएको बताएको उनले जानकारी दिए ।

खेतीपातीको समयमा खेतबारी तथा झाडी क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयवासीलाई थप सावधानी अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । गोमनजस्तो विषालु सर्पको टोकाइबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्ने भएकाले ग्रामीण क्षेत्रमा सर्पदंशसम्बन्धी जनचेतना बढाउनुका साथै उपचारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं