काठमाडौं । उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ ।
चिनियाँ दूतावासका अनुसार उक्त सूचनामा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिनेछ ।

चीनका मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ–रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन् ।
विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो ।