Lite Nepal

शनिबार, भाद्र २०, २०८३

काठमाडौं । जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई विवादपछि झापा, झुम्का र वीरगन्ज कारागारमा स्थानान्तरण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ जनामध्ये केहीलाई झापा, केहीलाई झुम्का र केहीलाई वीरगन्ज कारागार पठाइएको हो।

मिश्रका अनुसार उनीहरूको स्थानान्तरणका लागि यसअघि नै सूची तयार गरिएको थियो।

तर कारागारभित्रबाट आवश्यक सहयोग नहुँदा तत्काल स्थानान्तरण गर्न सकिएको थिएन। पछिल्लो समय कैदीबन्दीबीच विवाद भएपछि स्थानान्तरण गर्न सहज भएको उनले बताए।

केही दिनअघि प्रहरी कारागारभित्र प्रवेश गरेको विषयलाई लिएर कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं