नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकी एक वृद्धाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनलाई बेत्रावती बजारस्थित एक घरबाट उद्धार गरिएको हो।

उद्धार गरिएकी वृद्धा अचेत अवस्थामा रहेकी छन्। स्वास्थ्य परीक्षणपछि मात्रै उनको अवस्थाबारे यकिन जानकारी हुने डीएसपी थापाले बताए। उद्धार गरिएकी वृद्धाको नाम र ठेगाना खुल्न सकेको छैन।