विराटनगर । ५९औँ राधाकृष्ण रथयात्रा २०८३ को अवसरमा रानी आँखा उपचार केन्द्र ले रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई निःशुल्क पानी वितरण गरिरहेको छ।


रथयात्रामा सहभागी भक्तजनलाई गर्मीका कारण हुन सक्ने असहजतालाई मध्यनजर गर्दै उपचार केन्द्रले पानी वितरण गरेको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले पानी वितरण कार्यक्रम सञ्चालन गरिएको रानी आँखा उपचार केन्द्र ले जनाएको छ।


