काठमाडौं । सरकारले गत भदौ १० गते भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औं दिनको पुण्यतिथिका दिन आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।
आज सार्वजनिक बिदा भने छैन ।
