काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।