Lite Nepal

बुधबार, भाद्र २४, २०८३

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो । स्थानीय सरकार, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले उक्त सहयोग सङ्कलन गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार सङ्कलित रकममध्ये सबैभन्दा ठुलो हिस्सा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट प्राप्त भएको छ । पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु १६ लाख दुई हजार ७७७ जुटेको छ ।

यसैगरी, गाउँपालिकाका कर्मचारीबाट रु छ लाख ७१ हजार १२७, जनप्रतिनिधिबाट रु ७९ हजार र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु एक लाख गरी कुल रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग जुटेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

भोटेकोशीका बाढीपीडितलाई सहयोग पुगोस् भन्ने पवित्र भावनाले सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं