Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । खाना पकाउने ग्यासको अभाव तथा आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल (क्रान्तिकारी) ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा दाउरा बालेर खाना पकाउँदै ग्यास आपूर्तिमा देखिएको समस्याप्रति विरोध जनाएका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गर्दै उनीहरूले सडकमा नै दाउरा बालेर खाना पकाउँदै सांकेतिक विरोध प्रदर्शन गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं