काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई सहसचिवलाई सचिवमा बढुवा गर्नेसम्मका निर्णय बैठकले गरेको हो।
मन्त्रिपरिषद्ले गरेका निर्णय यस्ता छन्

१. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
२.भारतको नयाँ दिल्लीमा हुने नेपाल–इन्डिया इन्टर–गभर्नमेन्टल सब–कमिटीको बैठकका लागि नेपाली वार्ता टोली गठन गर्ने।
३ . अनुचित लेनदेन ९मिटरब्याज० अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
४ . काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने।
५ . शिक्षक सेवा आयोगको अध्यक्षमा डा। हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने।
६ . सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने।
७ .सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने।