Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा. प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दमकलले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जनाको जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले जानकारी दिए ।

आगलागीबाट गाडी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । कारमा आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं