Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

काठमाडौं । सुनको मूल्य शुक्रबार एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो । यससँगै साताको सुरुवातको तुलनामा सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले घटेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार ६ सय रुपैयाँमा झरेको छ ।

आइतबार साताको पहिलो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं