काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् ।
नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो ।
युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।