Lite Nepal

शनिबार, भाद्र २७, २०८३

ताप्लेजुङ । ताप्लेजुङका प्रतिष्ठित शिक्षासेवी एवं निजी तथा आवासीय विद्यालयहरूको छाता संस्था (प्याब्सन) ताप्लेजुङका संस्थापक अध्यक्ष काजीमान पालुङ्वाको निधन भएको छ।

फुङलिङस्थित कञ्चनजङ्घा आवासीय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल समेत रहेका ६० वर्षीय पालुङ्वाको शनिबार बिहान १ बजे निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए र काठमाडौँमा उपचार गराइरहेका थिए ।

प्याब्सनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पालुङ्वाको पार्थिव शरीरलाई शनिबार साँझ ताप्लेजुङ ल्याइने र आइतबार अन्त्येष्टि गरिने योजना रहेको छ।

प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङले पालुङ्वाको निधनले ताप्लेजुङको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।

फुरुम्बु–पालुङ्वा वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत रहेका पालुङ्वाको प्रारम्भिक शैक्षिक यात्रा फुङलिङ नगरपालिका वडा नं. २ स्थित बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकको रूपमा सुरु भएको थियो।

उनको निधनप्रति विभिन्न शैक्षिक तथा सामाजिक संघसंस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं