Lite Nepal

आइतबार, भाद्र २८, २०८३

झापा । जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ ।

अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज १५ गतेसम्म ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

अभियानअन्तर्गत कार्यालयले दैनिक बिहान ७ः०० साँझ ६ः०० बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक बिदामा समेत सेवा प्रवाह नरोकिने जनाएको छ । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवा लिने सेवाग्राहीको चाप छ । पालो पर्खिरहेका आवेदक शून्य बनाउने अभियानको लक्ष्य रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सक्कल कागजातसहित अभियान अवधिमा कार्यालयमा आएर सेवा लिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं