काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।
कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।