Lite Nepal

आइतबार, भाद्र २८, २०८३

काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर)  ले सन् २०२७ मा आयोजना गर्ने ९९औँ एकेडेमी अवार्ड्सको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधाका लागि नेपालको तर्फबाट चलचित्र  तिनीहरू एलिफेन्ट्स इन द फग  छनोट भएको छ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)  का अध्यक्ष लक्ष्मीनाथ शर्माले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अस्कर प्रतिस्पर्धाका लागि नेपालबाट दुई कथानक चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फग र  गौँथली आवेदन परेका थिए।

प्राप्त दुवै चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलाई आधार बनाई गहन अध्ययन गरिएको समितिले जनाएको छ। एकेडेमीले तोकेको मापदण्डअनुसार मूल्यांकन गर्दा तिनीहरू एलिफेन्ट्स इन द फग लाई नेपालको आधिकारिक प्रतिस्पर्धीका रूपमा अस्करमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ। छनोट समिति (नेपाल) मा शर्माका साथै लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवनकुमार पराजुली र बिकेश सुवेदी सदस्य रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं