Lite Nepal

आइतबार, भाद्र २८, २०८३

विराटनगर । सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका विराटनगरका एक वृद्धलाई अस्पताल लैजाने भन्दै बीच बाटोमै छाडेर फरार भएका चालक पक्राउ परेका छन्। घाइते वृद्धको भने उपचार नपाउँदै मृत्यु भएको छ।

आइतबार बिहान विराटनगर महानगरपालिका–९ को ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि स्थानीयवासीले बस्नेतलाई उद्धार गरेर दुर्घटना गराउने सिटी सफारीमै राखी उपचारका लागि कोशी अस्पताल पठाएका थिए। तर, चालकले अस्पताल लैजानुको सट्टा विराटनगर–७ स्थित मालपोत कार्यालय नजिकै सडकमा घाइते बस्नेतलाई छाडेर सफारीसहित फरार भएको प्रहरीले जनाएको छ।

सिमसिम पानी परिरहेको अवस्थामा मालपोत कार्यालय नजिकै बस्नेत मृत अवस्थामा फेला परेका थिए। सुरुमा उनको पहिचान खुल्न सकेको थिएन। पछि पहिचान खुलेपछि उनी दुर्घटनामा घाइते भएका व्यक्ति रहेको र चालकले अस्पताल नपुर्‍याई सडकमा छाडेको तथ्य बाहिर आएको हो।

घटना लगत्तै प्रहरीले फरार चालकको खोजी थालेको थियो। खोजीका क्रममा आइतबार बिहान करिब ८ः३० बजे मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगत पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङको अनुसार भगतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं