Lite Nepal

सोमबार, भाद्र २९, २०८३

काठमाडौं । हरितालिका तिजको अबसरमा काठमाडौ स्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य , खानेपानी र सुरक्षा सहित करिब ८ सय जनशक्ति परिचालन गरेको छ ।

गए राती २ बजे बाटनै मन्दिर परिसरमा दर्शनार्थीको ब्यबस्थापन, शान्तीसुरक्षा,स्वास्थ्य लगायतको लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बु बाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टिम तैनाथ गरिएको छ ।

यसै गरि प्रधान कार्यालय बाट खानेपानीको लागि ट्यांकर सहितको टोलि पनि राती देखिनै खटाइएको छ । यसैगरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदि किनारमा गोताखोर सहितको उद्दार टोलि समेत तयारी अबस्थामा राखिएको छ ।

मेला अबधिभर कुनै अवाञ्छित गतिविधि नहोस् भन्ने उद्देश्यले सूक्ष्म निगरानिका लागी मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोसाकमा समेत व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मन्दिर वरिपरिका क्षेत्रहरु तिलगंगा , जय बागेश्वरी , गुह्येश्वरी मन्दिर , बिश्वरुपा मन्दिर , गौरिघाट लगायतको क्षेत्रमा समेत आबश्यक शान्ति सुरक्षाका लागि गस्ती बढाइएको छ ।

आबश्यक समन्वयको लागि मन्दिर परिसरमा कमान्डपोस्ट स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं